Not seeing a Scroll to Top Button? Go to our FAQ page for more info.


Lumbini Province Government
Ministry of Social Development
Directorate of Education and Social Development
Social Development Division Office
Vijuwar Pyuthan
Home About Us Employee Citizens Charter Educational activities Guidelines and Procedures Notices Download Photo Gallery

About Us

प्रदेश सरकार मन्त्रिपरिषद्को मिति२०७६।०७।१८कोनिर्णयानुसार शिक्षाश्रम तथा रोजगार˒युवा तथा खेलकूद˒विज्ञान तथा प्रविधिर सामाजिक विकास तर्फका जिल्ला तथा स्थानीयस्तरमा संचालन हुने कार्यक्रमहरुको सञ्चालन ताथ कार्यान्वयनका लागि सामाजिक विकास मन्त्रालय˒शिक्षातथा सामाजिक विकास निर्देशनालयअन्तरगत रहने गरी यस डिभिजन कार्यालयको स्थापना गरिएको हो । यस सामाजिक विकास डिभिजन कार्यालयको विधिवत उद्घाटन मिति २०७६।८।१७ गते प्रदेश सभासदस्य श्रीहरि रिजालज्युबाटभै साविकको सेवा केन्द्र विजुवार अन्तरगत एउटा भवन मा सञ्चालनमा रहेको छ । यस डिभिजन कार्यालयको कार्यक्षेत्र प्युठान र रोल्पा जिल्ला रहेक

प्रदेश सरकार कार्यविभाजन नियमावली २०७४ अनुसार यस मन्त्रालयलाई स्वास्थ्य, शिक्षा, महिला, वालवालिका, जेष्ठ नागरिक, अपाङ्ग, सामाजिक सुरक्षा ,भाषा सस्कृति, पुरातत्व, युवा खेलकुद, श्रम तथा रोजगारसंग सम्वन्धित विषयहरुको जिम्मेवारी तोकिएको छ ।यस मन्त्रालयको कार्यक्षेत्र भित्र रहेका विभिन्न विषयहरुको प्रदेश स्तरीय कानून नीति मापदण्डहरुको निर्माण गर्नुपर्ने भएकोले मन्त्रालय हाल यिनै विषयमा केन्द्रित रहेको छ। साथै मन्त्रालयले आफ्नो विषय क्षेत्र भित्रका विभिन्न कार्यक्रमहरु निर्माण गरी कार्यान्वयन गरिरहेको छ ।

.

उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि सामुदायिक क्याम्पसहरुको पुर्वाधार, सुचना तथा संचार, प्रविधि, पुस्तकालय, फर्निचर आदिमा सहयोग पुर्याउने कार्यक्रमको कार्यान्वयन गर्ने । विद्यालय शिक्षाको गुणस्तर सुधारका लागि प्रदेश सरकारद्वारा तोकिएका कार्यक्रमहरुको कार्यान्वयन गर्ने । महिला हक हित, महिला शसक्तिकरण र लौङ्गिक समानता सम्बन्धी कार्यक्रम कार्यान्वयन गर्ने । लौङ्गिक हिंसा, मानव बेचविखन तथा ओसारपसार विरुद्धको सचेतिकरण तथा अन्य कार्यक्रम कार्यन्वयन गर्ने । वालवालिकाको हकहित संरक्षण सम्बन्धी कार्यक्रम कार्यान्वयन गर्ने । वालमैत्री शासकीय प्रवन्ध र सेवा प्रवाह, वालउद्धार कोष, वालसुधार तथा पुनर्स्थापना कार्यक्रमहरु कार्यान्वयन गर्ने । ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्तिहरुको संरक्षण र सहयोग सम्बन्धी कार्यक्रम कार्यान्वयन गर्ने । युवाहरुको रोजजगारी र स्वरोजगारीका लागि प्रादेशिक नीति अनुरुपका कार्यक्रम तथा युवा वैज्ञानिक प्रोत्साहनका कार्यक्रमहरु कार्यान्वयन गर्ने । खेलकुद सम्बन्धी प्रादेशिक नीतिको कार्यान्वयनका लागि खेलकुद पुर्वाधारको निर्माणमा सहयोग तथा खेलकुदका कार्यक्रमहरुको कार्यान्वयन गर्ने । लोपोन्मुख, सिमान्तकृत, गरीव, जेष्ठ नागरिक लक्षित कार्यक्रमहरुको कार्यान्वयन गर्ने । रोजगारी प्रवर्द्धन सम्बन्धी कार्यक्रम तथा रोजगारी र स्वरोजगारका लागि तालिम संचालन, वीउँपूजी तथा ऋण व्यवस्थापन सम्बन्धी कार्क्रमहरुको कार्यान्वयन गर्ने । श्रमिक एवं श्रमिकहरुको सामाजिक सुरक्षा, श्रमशक्ति, श्रम बजार वीचको समन्वय र सहजिकरण गर्ने । जिल्ला स्तरमा हुने विज्ञान प्रविधि सम्बन्धी कार्यक्रमको कार्यान्वयन गर्ने । जिल्ला स्तरमा हुने खानेपानी तथा सरसफाइ सम्बन्धी कार्यक्रमको कार्यान्वयन गर्ने । फोहरमैला व्यवस्थापनमा स्थानीय तहलाई सहजिकरण गर्ने ।